BLOGGER TEMPLATES - TWITTER BACKGROUNDS »

Friday, 2 April 2010

'प्रधानमन्त्रीले अविलम्ब राजीनामा दिनुपर्छ'


जनकपुर , चैत्र २० - मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले माधवकुमार नेपाल नेतृत्वको सरकार देशमा मात्र होईन विदेशमा समेत बदनाम भएको बताएका छन् । उनले मुलुकलाई थप बदनामीबाट बचाउन प्रधानमन्त्रीले अविलम्ब राजीनामा दिनुपर्ने बताए ।

उनले वर्तमान सरकारले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न सकेको र संविधान पनि निर्माण गर्न नसक्ने बताए । फोरमले जारी राखेको आन्दोलनको क्रममा धनुषा आएका यादव शुक्रबार विहान संचारकर्मीहरुसंग कुरा गर्दै भने-मुलुकको प्रतिष्ठासंग जोडिएको राहदानी छपाईमा व्यापक अनियमितता भयो । दाता राष्ट्रहरु एवँ शान्ति प्रकृयामा सहयोग पुर्‍याइ रहेका युएन जस्ता अन्तरर्राष्ट्रिय निकायहरुले वर्तमान सरकारको काम काज बारे नकारात्मक टिप्पणी गरि सकेको छ । यसबाट मुलुकको बदनामी अन्तरर्राष्ट्रिय क्षेत्रमा समेत भएको छ ।

वर्तमान सरकार संविधानसभा र संवैधानिक समितिहरु भन्दा पनि माथि गएर काम गरेको आरोप लगाउँदै उनले सरकारले लोकतन्त्रान्त्रिक पद्यतिलाई समेत अवहेलना गरेको दावी गरे ।

सरकारलाई 'थेथर'को संज्ञा दिदै उनले मुलुकको यावत समस्या समाधानको मुख्य वाधक प्रधानमन्त्री नेपाल स्वयं रहेको बताए । उनको कथन थियो-शान्ति सुरक्षा ,समयमा संविधान लेखन,सेना समायोजन,मधेसीसंग भएको आठ बुँदे समझौताको कार्यान्वयनसहितका न्युनतम मुद्दाको आधारमा राष्ट्रिय सरकार गठन हुनुपर्छ ।

0 comments: