काठमाडौ, चैत्र २० - परराष्ट्र मन्त्रालयले छपाई विवादमा परेको मेसिन रिडेवल पासपोर्ट -एमआरपी) जारी गर्ने मितिलाई तीन महिना पछि सारेको छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको प्रावधानअनुसार नेपालमा यही चैत १९ गतेदेखि एमआरपी जारी गर्ने तयारी गरेको थियो ।
परराष्ट्र मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा एमआरपी अब आगामी जुन २०१० भित्र जारी गर्नेगरी तयारी कार्य भइरहेको जनाइएको छ ।
मन्त्रालयका अनुसार सर्वसाधारणको सुविधालाई ध्यानमा राखी पछि एमआरपी लिन चाहने कुनै पनि नेपाली नागरिकले परराष्ट्र मन्त्रालयबाट निवेदन फारम प्राप्त गरी निवेदन दर्ता गर्नसक्ने व्यवस्था गरिएको छ ।
एमआरपी जारी हुन सुरु भएपछि क्रमैसंग मन्त्रालयबाट प्राथमिकताका आधारमा एमआरपी उपलब्ध गराइने बताइएको छ । रासस
Friday, 2 April 2010
एमआरपी जारी गर्ने दिन बढाइयो
Posted by पृथ्वी कुमाल at 07:33
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment