
काठमाडौ, चैत्र २० - प्रधानमन्त्री माधवकुमार नेपालले आफूले राजीनामा नदिने बताएका छन् । सरकार परिवर्तन हुने चर्चा चलिरहेको बेला उनले आफ्नो पक्षमा बहुमत यथावत रहेकोले राजिनामा नदिने बताएका हुन् ।
कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निधनपछि राजनीतिक निकासका लागि राष्ट्रिय सरकार गठनका लागि दवाब बढीरहेको बेला उनले संविधान निर्माण नभएसम्म सरकार ढल्ने कुनै सम्भावना नरहेको बताए । उनले दलहरुसंगको परामर्शमा आफ्नो पक्षमा बहुमत झन बलियो पाएको दावी गरे ।
शुक्रबार बिहान रिपोटर्स क्लबका नवनिर्वाचित पदाधिकारीहरुसंग आफ्नै निवास बालुवाटारमा भएको भेटमा उनले प्रतिपक्षी माओवादीले राजीनामाको हल्ला फिजाएर जनतामा भ्रम फैलाएको बताए । आफूले ३० दिनभित्र माओवादी लडाकु पुनःस्थापना र समायोजन पूरा गर्ने कार्ययोजना ल्याएपनि माओवादी त्यसप्रति गम्भीर नबनेको उनले आरोप लगाए । माओवादी लडाकुलाई विस्तृत शान्ति सम्झौता अनुरुप समायोजन गरिने भन्दै उनले माओवादीले प्रस्ताव गरेको 'गोल्डेन ह्यान्डसेक' प्रस्ताव सम्भव नहुने बताए । माओवादीले राजनीतिमा जान चाहने आफ्नो लडाकुलाई २० लाख नगद वा ठाउँ हेरी पाँचदेखि १० बिघा जग्गा दिनुपर्ने प्रस्ताव सारेको छ ।
Thursday, 1 April 2010
राजीनामा दिन्नः प्रधानमन्त्री
Posted by पृथ्वी कुमाल at 23:24
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment